मेरी आमा तिम्रो मुटुभित्रको पिडा बुझ्न सकुँ ।
मेरी आमा तिम्रो आँखाको आँशु पुछ्न सकुँ ।।
अनगिन्ती छन् तिमीभित्र पिडादायी भावहरु,
मेरी आमा तिम्रो हृदयी भावनाहरुलाई सुझ्न सकुँ ।
देख्छु तिमीलाई जहिल्यै मलिन मुहारका साथ,
मेरी आमा तिम्रो ओठमा हाँसो ल्याउन सकुँ ।
हुर्कायौ तिमीले अथाह कठोरताका बाबजुद पनि,
मेरी आमा तिमीलाई खुशि सँग राख्न सकुँ ।
सक्दिन म तिमीदेखि अलग भै रहन,
मेरी आमा तिम्रो मुहारमा उमङ्ग ल्याउन सकुँ ।
गरिवी
गरिवीले समाजमा शिर ठाडो गर्न गाह्रो हुने ।
दिनभरि काम गरि हात मुख जोर्न गाह्रो हुने ।।
साहुलाई ॠण तिरी तिरी घरविहिन भएसक्यो,
तैपनि साहुको ॠणबाट मुक्त हुन गाह्रो हुने ।
गरिवीले आफन्त पनि पराई हुँदा रहेछन्,
आफन्तको मन जिती मान राख्न गाह्रो हुने ।
गरिवीको पनि धेरै इच्छा, आकाङ्क्षा हुँदा रहेछन्,
ति इच्छा आकाङ्क्षालाई पूरा गर्न गाह्रो हुने ।
परिवारलाई सुखसित राख्ने सपना हुँदो रहेछ,
सपनालाई विपनामा परिणत गर्न गाह्रो हुने ।
झुपडीलाई महल बनाउने कल्पना गर्दा रहेछन्,
त्यस कल्पनालाई साकार पार्न गाह्रो हुने ।
गरिवलाई दशैं तिहार.........
गरिवलाई दशैं तिहार न आदिए हुन्थ्यो ।
शिर ठाडो गर्नै नसकिने ॠण नलाइदिए हुन्थ्यो ।।
असार साउनको बाढीले घरबारी बगायो,
हामी गरिवलाई नोक्सान गर्ने झरि न आइदिए हुन्थ्यो ।
चाडपर्वमा राम्रो लाउने मिठा खानु पर्ने रहेछ,
गरिवको लागि यो मान्यता न आइदिए हुन्थ्यो ।
विकृतीको तुवालोले क्षितिज जम्मै ढाकेको छ,
यस्तो विकृत्तीहरु समाजमा न आइदिए हुन्थ्यो ।
धनिले गरिवलाई अति होच्याउँदा रहेछन्,
धनि र गरिवको असमानता समाजमा न आइदिए हुन्थ्यो ।
जब देखेँ तिमीलाई.............
जब देखे तिमीलाई राम्रो लाग्यो मलाई ।
प्रेम पत्र लेखि दिन मन लाग्यो मलाई ।।
मेरो पत्र पाई जब तिमीले पत्र पठाउँदा,
संसारको भाग्यमानी जस्तो लाग्यो मलाई ।
हाम्रो यो सम्बन्धलाई निरन्तर दिन चाहन्थे,
निरन्तर तिम्रो पत्र पाउँदा खुशी लाग्थ्यो मलाई ।
बिचैमा पत्र आउन छाड्यो न त भेट्न नै,
यसले हृदयमा साह्रै चोट लाग्यो मलाई ।
तिमी त बरु सक्छौ होला खुशीसाथ बस्न,
उजाड यो जिन्दगी कसरी व्यतित गर्ने जस्तो लाग्यो मलाई ।
सधैं प्रगतीको पथमा लम्कनु यहि छ मेरो शुभकामना,
म त सधैं तिम्रो यादमा तड्पिन्छु जस्तो लाग्यो मलाई ।
तिम्रो जीवन सुखमय होस र सफल्ताले शिखर चुमुन्,
सुस्वास्थ्यको कामना गर्दै तिमीबाट बिदा हुन मन लाग्यो मलाई ।
तिमी किन यति साह्रो घाती भो सानु ।
आज मेरो खुला आकाश पाती भो सानु ।।
मनभित्रका आकाङ्क्षालाई पोख्न खोजेथें,
यि मनका बहहरु हृदयमै थाती भो सानु ।
ठुला ठुला सपनाका महल सजाएँथे,
घात गरि तिमीलाई त सास्ती भो सानु ।
गयौ तिमी मलाई माया जालमा फसाई,
उसै गरिव ममाथि वेदनाको ताँती भो सानु ।
सायद मलाई त दुख झेल्ने बानी परिसक्यो,
त्यसैले त मलाई यहि दुखा नै जाति भो सानु ।
म धर्तिको धुलो............
म धर्तिको धुलो त तिमी आकाशको जून भएछौ ।
म धर्तिलाई खडेरी पार्ने चैत्र त तिमी सिंचित गर्ने साउन भएछौ ।।
तिमीलाई सधैं आफ्नै साथ राख्न चाहन्थे,
तर तिमी त मैले छुन नसक्ने जून भएछौ ।
एक अर्काको भावना साटासाट गर्न चाहन्थे,
तर तिमी त मैले साट्न त के किन्नै नसक्ने सुन भएछौ ।
मलाई घाउ पर्दा तिमी औषधी मलम सम्झन्थे,
तर तिमी त घाउलाई चर्काउने नुन भएछौ ।
मेरो जिन्दगीको कथा व्यथा बोक्ने गित सम्झन्थे,
तर तिमी त अरु कसैको मिठो धुन भएछौ ।
तिमीलाई जिन्दगीको एक असल जीवन साथी ठान्थे,
तर तिमी आजभोली त कुन्नि कुन् हो कुन भएछौ ।
जुन फुल मैले रोजेको थिएँ.........
जुन फुल मैले रोजेको थिएँ त्यो मेरो भुल भएछ ।
कोमल फूल सम्झेको थिएँ त्यो त बिषालु फूल भएछ ।।
हृदय भरिको माया जनम जनम सम्म दिन चाहन्थेँ,
तिम्रो कठोर हृदयको लागि मेरो माया प्रतिकुल भएछ ।
जिन्दगीको अनमोल क्षणहरु समर्पण गर्न चाहन्थेँ,
मेरो यि इच्छा तिम्रो लागि अनावश्यक र फजुल भएछ ।
तिम्रो हरेक सुख दुखमा साथ दिन चाहन्थेँ,
तिमीलाई चाहेर साथ दिन चाहनु मेरो भुल भएछ ।
म धर्तिको धुलो त तिमी आकाशको जून भएछौ ।
म धर्तिलाई खडेरी पार्ने चैत्र त तिमी सिंचित गर्ने साउन भएछौ ।।
तिमीलाई सधैं आफ्नै साथ राख्न चाहन्थे,
तर तिमी त मैले छुन नसक्ने जून भएछौ ।
एक अर्काको भावना साटासाट गर्न चाहन्थे,
तर तिमी त मैले साट्न त के किन्नै नसक्ने सुन भएछौ ।
मलाई घाउ पर्दा तिमी औषधी मलम सम्झन्थे,
तर तिमी त घाउलाई चर्काउने नुन भएछौ ।
मेरो जिन्दगीको कथा व्यथा बोक्ने गित सम्झन्थे,
तर तिमी त अरु कसैको मिठो धुन भएछौ ।
तिमीलाई जिन्दगीको एक असल जीवन साथी ठान्थे,
तर तिमी आजभोली त कुन्नि कुन् हो कुन भएछौ ।
जुन फुल मैले रोजेको थिएँ.........
जुन फुल मैले रोजेको थिएँ त्यो मेरो भुल भएछ ।
कोमल फूल सम्झेको थिएँ त्यो त बिषालु फूल भएछ ।।
हृदय भरिको माया जनम जनम सम्म दिन चाहन्थेँ,
तिम्रो कठोर हृदयको लागि मेरो माया प्रतिकुल भएछ ।
जिन्दगीको अनमोल क्षणहरु समर्पण गर्न चाहन्थेँ,
मेरो यि इच्छा तिम्रो लागि अनावश्यक र फजुल भएछ ।
तिम्रो हरेक सुख दुखमा साथ दिन चाहन्थेँ,
तिमीलाई चाहेर साथ दिन चाहनु मेरो भुल भएछ ।
माया जालमा फस्न हुन्न हजुर
मुटु नै जलाउने माया जालमा फस्न हुन्न हजुर ।
क्षणभर मै धोकेबाजहरुलाई दिल दिन हुन्न हजुर ।।
सँगै जिउने अनि सँगै मर्ने भनि कसम खान्छन,
त्यस्ता झुटो कसममा बिश्वास गर्न हुन्न हजुर ।
जन्मौं जन्म साथ दिन्छु भनी वाचा गर्छन,
त्यस्ता झुटो वाचाको भरमा पर्ने हुन्न हजुर ।
विभिन्न थरी सपना देखाई आफ्नो स्वार्थ लुट्छन्,
त्यस्ता स्वार्थीपनको जालमा पर्न हुन्न हजुर ।
आफ्नो स्वार्थ पुर भएपछि उनिहरु मुन्टो बटार्छन्,
यस्ता विश्वासघातीलाई कहिल्यै विश्वास गर्न हुन्न हजुर ।
जीवनमा तुषारापात लाग्यो मलाई.........
पूर्णिमाको जून पनि औंशीको रात लाग्यो मलाई ।
पानी पिउँदा पनि मात लाग्यो मलाई ।।
माया त तिमीले गर्थ्यौ मलाई अति,
त्यसैले त प्रेमरुपि पत्रको खात लाग्यो मलाई ।
मैले पनि तिमीलाई धेरै नै चाहन्थेँ,
यति धेरै माया गर्दा पनि घात लाग्यो मलाई ।
माया मेरो लुटि तिमीले मास्न सम्म मास्यौ,
तिम्रो यस कृयाकलापले समाजमा बात लाग्यो मलाई ।
मेरो चोखो मायामा विश्वासघात गर्यौ तिमीले,
अचानक तिम्रो विवाहको निम्ताको हात लाग्यो मलाई ।
सहन सम्म सहेँ मैले तिम्रो घातकरुपी वाण,
आखिर हरियाली जीवनमा तुषारापात लाग्यो मलाई ।
तिम्रो धोकारुपि उपहार.............
तिमीसँगै जिउँदा म हजारौं चोटि मरेको छु ।
उराठलाग्दो जीवनको रुखबाट झरेको छु ।।
कति दिन र रात बिते तिम्रो सम्झनामा,
यो मेरो जिन्दगी तिम्रै लागि राजिनामा गरेको छु ।
थरि थरिका सपनाहरु बुन्दै रहें तिम्रो यादमा
तिम्रो घृणाको खोलानाला हुँदै सागर तरेको छु ।
सपना मेरो चकनाचुर भए तिम्रो कृयाकलापले,
तिमीले दिलमा ठाउँ नदिएपछि अन्त डेरा सरेको छु ।
मलाई धोका दिई सायद तिम्रो लागि ठिकै गर्यौ,
तिम्रो धोकारुपी उपहार पाएर आज जिउँदै मरेको छु ।
सहन सम्म सहेँ मैले तिम्रो घातकरुपी वाण,
आखिर हरियाली जीवनमा तुषारापात लाग्यो मलाई ।
मेरा यि सपनाहरु...........
जब पाउँदा तिमीलाई मेरो दिलकी रानी ।
साह्रै नै रमाइलो लाग्थ्यो यो जिन्दगानी ।।
भेट हुन नपाएपनि पत्र निरन्तर पठाउँथ्यौ,
साह्रै नै राम्रो लाग्थ्यो तिम्रो त्यो बानी ।
संसारकै सबभन्दा राम्रो लाग्थ्यो तिमीलाई,
त्यसैले त माया लाएँ तिमीलाई नै छानी ।
संसारमै सबभन्दा तिम्रै माया लाग्थ्यो,
तिमी भित्र पनि पाउँथे मायाको खानी ।
अचानक तिमी गयौ अर्कै संसारमा रमाउन,
हिँड्दा हिड्दै पछाडीबाट मेरो खुट्टा तानी ।
केहि समय सम्म त चुप लागेर बसेँ,
तिम्रो कृयाकलाप अभिनय जस्तो ठानी ।
तर तिमी त साँच्चिकै टाढा भएकी रैछौ,
गयौ मलाई घातकरुपी वाण हानी ।
जिन्दगीको यो यात्रामा सँगै जिउने मर्ने,
मेरा यि सपनाहरु भैदिए खरानी ।
सहन सम्म सहेँ मैले तिम्रो घातकरुपी वाण,
आखिर हरियाली जीवनमा तुषारापात लाग्यो मलाई ।
मेरा जिन्दगीका पाटाहरु............
बिरानो भो मेरा यि सधैं हिंड्ने बाटाहरु ।
बल्झिएर दुख्यो आज मेरा घाउका खाटाहरु ।।
जिन्दगीको उतारचढावमा आएका तरङ्गलाई,
तिमी सामु व्यक्त गर्दा पाएँ आज घातहरु ।
आउँछु, तिमीले भनेकीथ्यौ वरपिपलको चौतारीमा,
तिम्रो प्रतिक्षामा बिते मेरा बर्षौ साताहरु ।
तिम्रो हर इच्छा आकाङ्क्षालाई पुरा गरेकै थिएँ,
सम्झनामा सिमित भै बस्न बाध्य भए सारा दिनरातहरु ।
प्रेम लाउँदा अनगन्ति सपनाहरु देखेको थिएँ,
तर आज पाएँ मैले धोका साथै अनेक घाताहरु ।
सम्झि सम्झि रोइरहेको छु तिमीलाई आजसम्म,
सधैंभरि उस्तै रहे मेरा जिन्दगीका पाटाहरु ।
मेरा वसन्तका प्रहरहरु
शिशिरसँगै कहाँ गए मेरा वसन्तका प्रहरहरु ।
धुलोसरि विलिन भए मेरा जिन्दगीका रहरहरु ।।
चैत्रको टन्टलापुरे रापमा प्रतिक्षा गरि बसेको छु,
अतृप्त प्यास मेट्न बसेसरि नदिका ति बगरहरु ।
भिडभाड र कोलाहलको गुञ्जायमानमा पनि,
एकान्त र शुन्य लाग्छ प्रतिध्वनित शहरहरु ।
मूल जति सुकेपनि धर्तिमा खडेरी लागेतापनि,
पानी पाउने आशामा बसेका छन् सिंचाइका नहरहरु ।
यसरी तड्पाई तड्पाई राखि रहनु भन्दा त,
हाँसेरै पिउँथे तिमीले दिएका प्राणघातक जहरहरु ।
तिमीलाई हृदयदेखि नै चाहेको थिएँ सायद,
मनका इच्छा मेटिन्न क्यारे खाली छन् मेरा ठहरहरु ।
विछोडको हित..............
आज मैले विरहको गित गाएछु ।
दुई दिनमै छुटि जाने प्रीत लाएछु ।।
बिहानी खोज्न रातभरी भौतारिरहेँ,
बिहानीको उषा किरण अगावै शित पाएछु ।
साथित्वलाई स्थापित गर्न शहर चहारेँ,
छोडी जाने घातीसँग मित लाएछु ।
मिलनको गन्तव्य स्थानमा पुग्न चाहन्थेँ,
प्रेम प्रतिस्पर्धामा विछोड जित पाएछु ।
निश्चल् र निश्कपट रुपले माया गर्दा,
आज प्रेममा विछोडको हित पाएछु ।
आज जिउँदो लाश भएछु
अतृप्त व्यथा लिई आज जिउँदो लाश भएछु ।
नशामा झुम्ने एक खेलाडीको तास भएछु ।।
अगाध मायाको त्यो गन्तव्यमा पुग्न चाहन्थेँ,
तर गन्तव्य विहिन उडिरहने कपास भएछु ।
कसैको त्यो हृदयमा सुटुक्क माया गाँस्न चाहन्थेँ,
तर गरिवी र गाउँलेरुपी बेइज्जतिको पर्दाफास भएछु ।
दिनरात उनिलाई नै म माया गरिरहेको हुन्छु,
आज म उनको याद र सम्झनाको रास भएछु ।
अब्यक्त माया पोख्नको खातिर भौतारि रहेँ,
अन्तर आत्माको द्र्न्दकोबिच आफैं ह्रास भएछु ।
आखिर म कतिदिन सम्म उसैको यादमा तड्पीरहुँ,
यादमा जल्दा जल्दै म भित्रभित्रै नाश भएछु ।
नशामा झुम्ने एक खेलाडीको तास भएछु ।।
अगाध मायाको त्यो गन्तव्यमा पुग्न चाहन्थेँ,
तर गन्तव्य विहिन उडिरहने कपास भएछु ।
कसैको त्यो हृदयमा सुटुक्क माया गाँस्न चाहन्थेँ,
तर गरिवी र गाउँलेरुपी बेइज्जतिको पर्दाफास भएछु ।
दिनरात उनिलाई नै म माया गरिरहेको हुन्छु,
आज म उनको याद र सम्झनाको रास भएछु ।
अब्यक्त माया पोख्नको खातिर भौतारि रहेँ,
अन्तर आत्माको द्र्न्दकोबिच आफैं ह्रास भएछु ।
आखिर म कतिदिन सम्म उसैको यादमा तड्पीरहुँ,
यादमा जल्दा जल्दै म भित्रभित्रै नाश भएछु ।
बगाउँदिन आशुँ भन्थे...........
बगाउँदिन आशुँ भन्थे झार्दै पिउनु पर्यो ।
मनभरि पिडा बोकी बाध्यतामा जिउनु पर्यो ।।
माया मैले गरेको थिएँ अन्तर आत्मादेखि नै,
बदलामा फाटो दिइन निर्लज्ज भै सिउनु पर्यो ।
फाटिएको मन लिई हिँडेको छु भौतारिंदै,
अभावको जिन्दगी यो विवशतामा जिउनु पर्यो ।
अभावको यो जिन्दगीलाई टारेको छु निर्वाह मै,
नचाँहदा नचाहँदै घातक रुपी विष पिउनु पर्यो ।
उतारचढावको यो जिन्दगीलाई व्यतित गर्ने क्रममा,
दुखै दुख र विछोडरुपी भुमरीमा जेलिनु पर्यो ।
मनभरि पिडा बोकी बाध्यतामा जिउनु पर्यो ।।
माया मैले गरेको थिएँ अन्तर आत्मादेखि नै,
बदलामा फाटो दिइन निर्लज्ज भै सिउनु पर्यो ।
फाटिएको मन लिई हिँडेको छु भौतारिंदै,
अभावको जिन्दगी यो विवशतामा जिउनु पर्यो ।
अभावको यो जिन्दगीलाई टारेको छु निर्वाह मै,
नचाँहदा नचाहँदै घातक रुपी विष पिउनु पर्यो ।
उतारचढावको यो जिन्दगीलाई व्यतित गर्ने क्रममा,
दुखै दुख र विछोडरुपी भुमरीमा जेलिनु पर्यो ।